दिर्घ रोगी पुलामीलाई माओवादी केन्द्र सिन्धुलीको आर्थिक सहयोग

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ७ बैशाख । कमलामाई नगरपालिका ८ करकरेकी इन्द्रकुमारी पुलामीलाई आज आर्थिक सहयोग गरिएको छ ।

दिर्घ रोगको उपचार गराईरहेका पुलामीलाई नेकपा माओवादी केन्द्र सिन्धुलीले स्थापना गरेको विपन्न राहत कोषबाट दश हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले कार्यालयमै पिडित इन्द्रकुमारीका छोरा सन्जिव पुलामीलाई दश हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिका सचिव चन्द्रनाथ गौतमले जानकारी दिनु भयो ।

विपन्न परिवारकी पुलामी दिर्घरोगका कारण उपचार गराईरहनु भएको छ । उहाँको उपचारका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको हो ।

प्रतिनिधिसभा सदस्य दाहालकै पहलमा स्थापना गरिएको कोषबाट यस अघि पनी विपन्न तथा दिर्घ रोगीहरुको उपचारमा आर्थिक सहयोग गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?