फिक्कल गाउँपालिकाका किसान किवी खेती तर्फ आकर्षित हुन थाले

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २२ असोज । सिन्धुलीको फिक्कल गाउँपालिकाका किसान किवी खेती तर्फ आकर्षित हुन थालेका छन् ।

मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो ।

६ वटा वडा रहेको फिक्कल गाउँपालिकामा अलिबढी वडा नं. १ का किसानहरुले व्यवसायीक रुपमा किवी खेती गर्न थालेका छन् ।

वडा नं. १ को नागदह, माचखर्क, भेडीखोर लगाएतका ठाउँका किसानले केही बर्ष अघि देखि व्यवसायीक रुपमा किवी खेती गरिरहेका वडाअध्यक्ष होम बहादुर सुनुवारले बताउनुभयो ।

माचखर्कका गणेश बुढाथोकी, नागदहका दिपक भट्टराईका परिवार लगाएत करिब ८÷१० जना किसानले व्यवसायीक रुपमा किवी खेती गर्दै आएका वडाअध्यक्ष सुनुवारले बताउनुभयो ।

व्यवसायीक रुपमा किवी खेती गर्दै आएका किसानले बार्षिक रुपमा मनग्य आम्दानी गर्ने गरेको वडाअध्यक्ष सुनुवारको भनाई छ ।

वडामा अहिले अरुले गरेको देखेर ४०÷५० घरका किसानले थोरैबाट किवी खेती सुरु गर्न थालेका वडाअध्यक्ष सुनुवारले बताउनुभयो ।

किवी खेती गर्ने किसानलाई वडा कार्यालय र गाउँपालिकाबाट पोल, तार लगाएतका सामाग्रीहरु अनुदानमा वितरण गरिदै आएको वडाअध्यक्ष सुनुवारले बताउनुभयो ।

फिक्कल गाउँपालिकाको वडा नं. १ अग्लो पहाड र भौगोलिक रुपमा चिसो हावा पानी पाईने भएकाले माथिल्लो भेगमा किवी, बिच भेगमा जुनार, सुन्तला, कागती लगाएतका फलफुल खेतीको राम्रो सम्भावना रहेको वडा अध्यक्ष सुनुवारले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?