कृषि उपज बजार सिन्धुलीको अध्यक्षमा देवकोटा सर्वसम्मत निर्वाचित

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १८ बैशाख । थोक कृषि बजार व्यवस्थापन समिति सिन्धुलीको अध्यक्षमा नरेश देवकाटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सिन्धुलीमाढीमा आईतवार र सोमवार भएको सातौँ अधिवेशनले अध्यक्षमा देवकोटालाई सर्वसम्मत निर्वाचित गराएको हो । किसान तर्फका ३० र व्यवसायी तर्फका ३० गरी ६० जना मताधिकार भएका अधिवेशन प्रतिनिधिहरुले किसान तर्फका ३ जना र व्यवसायी तर्फ ३ जना गरी ६ जनालाई सदस्यमा निर्वाचित गराएका थिए ।

किसान प्रतिनिधिबाट पदम बहादुर श्रेष्ठ, केदार पहाडी, शान्तीमाया स्याङतान, कृषि व्यवसायीबाट नरेश देवकोटा, प्रमोद चौधरी, निरमाया बस्नेत सोसियोम्याटिक प्रणालीबाट निर्वाचित भएका हुन् ।

सदस्यमा निर्वाचित मध्येबाट थोक कृषि बजार व्यवस्थापन समिति सिन्धुलीको अध्यक्षमा देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको कृषि विभागबाट खटिएको निर्वाचन समितिले जनाएको छ ।

यस अघिको पाँचौ अधिवेशनबाट पनि कृषि बजार व्यवस्थापन समिति सिन्धुलीको अध्यक्षमा नरेश देवकाटा सर्वसम्मत नै विजयी हुनुभएको थियो ।

निर्वाचित व्यवस्थापन समितिका पदाधिकारीहरुको पदावधी ३ बर्षको रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्