विद्यालयमा तामाङ भाषा पढाउने शिक्षकहरुको लागि ३ दिने पुनताजकी तालिम

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १६ बैशाख । सिन्धुलीको मरिण गाउँपालिकाको विद्यालयमा तामाङ भाषा पढाउने शिक्षकहरुको लागि ३ दिने पुनताजकी तालिम दिईएको छ ।

मरिण गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल तामाङ घेदुङ, मरिण गाउँ समितिको आयोजना गरिएको तालिम आज सम्पन्न भएको छ ।

तालिममा तामाङ भाषा पढाई हुने मरिण गाउँपालिकाका ३६ विद्यालयका एक÷एक जना शिक्षकहरु सहभागी रहेका थिए ।

तालिममा कक्षा दुई सम्मको तामाङ भाषाको पाठ्य पुस्तक तयार गर्न शिक्षकहरुसँग अन्तरक्रिया पनि गरिएको नेपाल तामाङ घेदुङ, मरिण गाउँ समितिले जनाएको छ ।

नेपाल तामाङ घेदुङ, मरिण गाउँ समितिका अध्यक्ष मोतिलाल गोलेको अध्यक्षता तथा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्