हरिहरपुरगढीमा दोस्रो आवधिक योजना र जिल्लास्तरीय बार्षिक योजना दर्जुमा गोष्ठी सम्पन्न

सिन्धुली प्रेस
  • ख-
  • ख+


प्रदेश निति तथा योजना आयोग बागमती प्रदेशको दोस्रो आवधिक योजना र जिल्लास्तरीय बार्षिक योजना दर्जुमा गोष्ठी आज सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सम्पन्न भएको छ । गोष्ठीमा बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली जिल्लाका स्थानिय तहहरुले आगामी बर्षका योजना र कार्यक्रम प्रस्तुत गरेका छन् ।


कार्यक्रममा सहभागी स्थानिय तहहरुले कृषि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, सडक तथा पुर्वाधार, शिक्षा, स्वास्थ्यमा निःशुल्क लगाएतका अवधीक योजना प्रस्तुत गरेका छन् । हरिहरपुरगढी गाउँपालिकाले कार्यक्रममा सहभागीहरुलाई डायरी र खादा दिएर सम्मान गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्