कांग्रेस र एमालेले नितिगत प्रतिष्पर्धा गर्ने सामर्थ गराख्नुपर्ने नेकपा एमाले महासचिव पोखरेलको भनाई

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २८ चैत

नेपाली कांग्रेस र नेकपा एमालेले नितिगत प्रतिष्पर्धा गर्ने सामर्थ राख्नुपर्ने नेकपा एमाले महासचिव शंकर पोखरेलले बताउनुभएको छ । आज (बुधबार) सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।

कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै उहाँको राजिनामा माग्दै संसदीय छानविन समिति गठन गर्नु पर्ने माग गर्दै आएको छ ।

उहाँले मुलुक अहिले सम्म पनि आर्थिक हिसाबले संकटको अवस्थामा रहेको बताउनुभयो । दुई वर्ष देखिको अप्राकृतिक, उद्देश्य र निति विहिन सत्ता गठबन्धन र असफल सरकारलाई स्थायी बनाउन र गलत दिशा तर्फ जान लागेको मुलुकलाई सहि दिशा तर्फ ल्याउन पहल गर्न एमालेले वर्तमान समिकरण गरेको महासचिव पोखरेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?