फोहोरमैला संकलन गरी व्यवस्थापन गर्न टोल विकास संस्थाहरुलाई डस्टविन वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २६ चैत । सिन्धुलीको मरिण गाउँपालिकाले फोहोरमैला संकलन गरी व्यवस्थापन गर्न डस्टविन वितरण गरेको छ ।

गाउँपालिकाले टोलमा हुने फोहोरमैला संकलन गरी व्यवस्थापन गर्न टोल विकास संस्थाहरुलाई डस्टविन वितरण गरेको हो ।

टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन सम्बन्धि तिन दिन तालिम दिएर प्रत्येक टोल विकास संस्थालाई दुई÷दुई वटाका दरले १२० थान डस्टविन वितरण गरिएको मरिण गाउँपालिकाले जनाएको छ ।

गाउँ टोलका फोहोरहरुलाई कुहिने र नकुहीने गरी छुट्टा छुट्टै संकलन गरेर व्यवस्थापन गर्नका लागि डस्टविन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।

मरिण गाउँपालिकाले गाउँ,टोलको फोहोर ट्याक्टरमा संकलन गरेर ल्यान्डफिल्ड साईडमा लगेर व्यवस्थापन गर्दैआएको छ ।

टोल विकास संस्थाहरुले आफ्नो टोलको कुहिने वा नकुहिने छुटएर फोहोर संकलन गर्दा सरसफाईयुक्त पालिका बनाउन सहयोग पुग्ने अध्यक्ष मुक्तानको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?