सुनकोशी गाउँपालिकाको रिठ्ठेमा आगो लागि हुदाँ चार घर पुर्णरुपमा जलेर नष्ट

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ६ चैत । सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं. ५ र ६ को सिमाना रिठ्ठेमा आगो लागि हुदाँ चार घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।

विपी राजमार्ग स्थित सेतीदेवी मन्दिर माथिको वनमा लागेको आगो गाउँमा पुग्दा वडा नम्बर ६ का नरेश आचार्य, नर बहादुर आचार्य, कृष्ण बहादुर कार्की र पवित्रा कार्कीको घर, गोठ जलेर नष्ट भएको हो ।

कृष्ण बहादुर कार्कीको घरमा रहेको नगद ७० हजार सहित अन्य घरहरुमा रहेका अन्नपात, लत्ताकपडा जलेको सुनकोशी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुरत बहादुर बसेलले जानकारी दिनुभयो ।

आगो लागिका कारण करिब १५÷१६ लाख रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान रहेको छ । कमलामाई नगरपालिकाको दमकल, पानी ट्यांकर, सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु, प्रहरी र स्थानियको सक्रियतामा अहिले आगो लागि नियन्त्रण हुदै गएको वडाअध्यक्ष बसेलको भनाई छ ।

आगो लागि भएको खबर पाउना साथ सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, वडाअध्यक्षहरु सहितको जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका थिए ।

आगो लागि बाट भएको क्षतिको वास्तविक तथ्यांक संकलन गरेर गाउँपालिकाले आवश्यक राहत दिने वडाअध्यक्ष बसेलले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?