हरिहपुरगढी गाउँपालिकाको उपाध्यक्ष थिङले कानुनको उल्लंघन गरेको न्यायीक समिति सदस्यहरुको निष्कर्ष

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ९ चैत । हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेक बहादुर थिङले गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरी गाउँपालिका अध्यक्ष विरुद्ध गतिविधि गरेको भन्दै न्यायीक समिति सदस्यहरुले आपत्ती जनाएका छन् ।

गाउँपालिकाको न्यायीक समिति संयोजक समेत रहेका उपाध्यक्ष थिङले न्यायीक समितिमा दर्ता नै नभएको निवेदनको बिषयलाई लिएर अध्यक्ष वाईबाको विरुद्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्र लेखि पठाएको भन्दै न्यायीक समिति सदस्यहरुले आपत्ती जनाएका छन् ।

न्यायीक समिति सदस्यहरु मोहनकाजी विश्वकर्मा र सन्तली राईले पे्रश विज्ञप्ती निकाल्दै गाउँपालिका अध्यक्ष वाईबाको विरुद्धमा न्यायीक समितिमा उजुरी दर्ता नभएको जनाएका छन् ।

न्यायीक समितिमा दर्ता नै नभएको उजुरीलाई उपाध्यक्षले कानुनको उल्लंघन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पत्र लेखेर पठाएको न्यायीक समिति सदस्यहरुले जनाएका छन् ।

उपाध्यक्ष थिङले गाउँपालिकाको पुरानो लेटरप्याडको दुरुपयोग गरी गाउँपालिका अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएको न्यायिक समिति सदस्यहरुको भनाई छ । ‘लेटरप्याडमा नै “.तहाँ कार्यालयमा आवश्यक कारवाही समेत माग गरेकोले सोही अनुसार हुन यो उजुरी निवेदन सहित तहाँ कार्यालयमा पठाइएको छ“ भनी हामी न्यायिक समितिमा सामान्य जानकारी र सल्लाह समेत नगरी न्यायिक समितिले विवाद निरुपणका क्रममा अपनाउनु पर्ने कार्यविधिको उल्लंघन गर्दै चिठी लेखी पठाएको बिषयमा हाम्रो ध्यानाकर्षण भएको हो।’ विज्ञप्तीमा भनिएको छ ।


प्रेश विज्ञप्तीमा लेखिएको छ, ‘कानूनत न्यायिक समितिले जो कोही कसैलाई तोकेर कारबाही गर्नु भनी सिफारिश गर्न मिल्दैन । नेपालको संबिधान २०७२ को धारा २१७ बमोजिम स्थानीय तहको दोश्रो निर्वाचन पश्चात स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ बमोजिम गठन भएको न्यायिक समितिमा हामी सदस्य छौ र हाल सम्म न्याय सम्पादन सम्बन्धी कार्य गरिदै आएका छौ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ देखि ५३ सम्म न्यायिक समिति र कार्यसम्पादन सम्बन्धी स्पष्ट व्यवस्था रहेको छ ।

समाचारमा प्रकाशित भए पछि मात्र समाचारमा उल्लेख भएको व्यक्तिले न्यायिक समिति समक्ष हुलाक मार्फत उजुरी पठाएको भन्ने हामी न्यायिक समितिका सदस्यहरुले थाहा पाएको, तर हाल पनि निबेदन यहाँ काही कतै नभएको, सो बिषयमा हाल सम्म पनि जानकारी नभएको र निबेदन पेश हुन आएको भए कानूनी प्रक्रिया अनुसार आएको हुनु पर्ने, दर्ता हुनपर्ने, न्यायिक समितिमा छलफल हुनु पर्नेमा हामी न्यायिक समितिका सदस्यहरुलाई कुनै जानकारी नै नगराई न्यायिक समिति संयोजक ज्यूले गाउँपालिकाको पुरानो लेटर प्याड प्रयोग गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पत्राचार भएको हुँदा उक्त विषयमा न्यायिक समितिका सदस्य हामीहरुलाई कुनै जानकारी नभएको र सो विषय सम्बन्धमा हामी न्यायिक समिति सदस्यहरुको कुनै संलग्नता नरहेको व्यहोरा सबैमा अनुरोध गर्दछौ ।’


‘स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४८ (१) मा “न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग गर्दा न्यायिक समितिको संयोजक र सदस्यहरुले सामूहिक रुपमा गर्नेछन्“ भन्ने कानूनी व्यवस्थाको समेत उल्लंघन गरी संयोजकज्यूबाट अनुचीत तरिकाले भएको कार्यमा हाम्रो कुनै सहमति, संलग्नता नरहेको र न्याय सम्पादन जस्तो बिषयमा स्वतन्त्र, निश्पक्ष, भेदभाव र पक्षापात रहित, कुनै आग्रह पूर्वाग्राहबाट मूक्त भई कार्य गर्नु पर्ने हुँदा सधै कानून बमोजिम जिम्मेवार भई प्रस्तुत हुनुपर्नेमा जोड दिन चाहन्छौ ।’ विज्ञप्तीमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्