सिन्धुली सामुदायिक टेक्निकल ईन्ष्टीच्यूटमा आयोजित आँखा शिविरमा ३ सय ३० जना लाभान्वित

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ७ चैत । सिन्धुलीको कमलामाई नगरपालिका ६ रहेको सिन्धुली सामुदायिक टेक्निकल ईन्ष्टीच्यूटमा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट ३ सय बढी लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ धुलिखेल र अष्ट्रेलियाको रोटरी क्लबहरुको प्राविधिक सहयोग एवम् सिन्धुली सामुदायिक टेक्निकल ईन्ष्टीच्यूटको व्यवस्थापनमा आयोजित एकदिने आँखा शिविरबाट ३ सय ३० जना लाभान्वित भएका छन् ।

शिविरमा ८ जनाको आखाँमा मोतिया विन्दुको समस्या देखिएको छ ।

मोतिया विन्दुको समस्या देखिएका ८ जनालाई रेयुकाई आखाँ अस्पताल बनेपामा लगि निःशुल्क शल्यक्रिया गरिने सिन्धुली सामुदायिक टेक्निकल ईन्ष्टीच्यूटका सन्तोष सापकोटाले जानकारी दिनुभयो । ‘शिविरमा आखाँ चेकजाँच गर्दा ८ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । ती ८ जनालाई कमलामाई नगरपालिकाको वडा नं. ६ को समन्वयमा बनेपा लगेर मोतिया विन्दुको शल्यक्रिया गर्नेछौं’ उहाँले भन्नुभयो ।

शिविरमा चेकजाँच गर्दा चश्मा लगाउन आवश्यक देखिएका करिब २ सय २० जनालाई निःशुल्क चश्मा पनि उपलब्ध गराईएको सिन्धुली सामुदायिक टेक्निकल ईन्ष्टीच्यूटका प्रिन्सिपल तेज विक्रम थापाले बताउनुभयो ।

शिविरमा सिन्धुली सामुदायिक टेक्निकल ईन्ष्टीच्यूटका विद्यार्थी, अन्य विद्यालयका विद्यार्थीसँगै स्थानिय नागरिकको समेत आखाँको चेकजाँच गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्