कमलामाईमा मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता सुरु

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ५ चैत । सिन्धुलीको कमलामाई नगरपालिका स्तरीय मेयर÷उपमेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

आज एक समारोहका बिच कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा पुुरुष फुटबल, महिला÷पुरुष भलिबल, तेक्वान्दो, कराते र कबड्डी खेलमा प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा नगरपालिकाको १४ वटै वडाबाट खेलाडी समुहहरुको सहभागीता रहने छ । प्रतियोगिताको फुटबल खेलको विजेताले ४० हजार नगद सहित शिल्ड,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाले जानकारी दिनुभयो ।

खेलको उपविजेताले २० हजार नगद सहित शिल्ड,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । भलिबल, तेक्वान्दो, कराते र कबड्डी खेलहरु एसईई परिक्षा सकिए पछि संचालन हुने भएकाले यी खेलका विजेताहरुले पाउने पुरस्कार टुङ्गीन बाँकी रहेको अध्यक्ष थापाले बताउनुभयो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा उप प्रमुख मन्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दाहाल, १४ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्