नियमित अतिरिक्त खेलकुद अभ्यास गराउन विद्यालयहरुलाई प्रतिनिधिसभा सदस्य दाहालको आग्रह ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १७ फाल्गनु । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले अतिरिक्त क्रियाकलापलाई नियमित गराउन विद्यालयलाई आग्रह गर्नुभएको छ ।

हरिहरपुरगढी गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिधिसभा सदस्य दाहालले यस्तो बताउनुभएको हो ।

प्रत्येक हप्ता खेलाडीले अभ्यास गर्दा विद्यार्थीहरुमा खेलकुद क्षमताको विकास हुने भएकाले पठनपाठनसँगै नियमति अतरिक्त खेलकुद प्रतियोगिता संचालन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

सफल खेलाडी हुनलाई सघर्ष, साधन र सकारात्मक सोच आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकारले देशको बजेट निर्माणको प्रक्रिया परिवर्तन गरेकाले आगामी बर्षको बजेट देशको हितमा केन्द्रित हुने दावी गर्नुभयो ।

उहाँले बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा तीन महिना अघि नै छलफल सुरु भएको बताउदै उर्जा, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा आगामी बर्षको बजेट केन्द्रित हुने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्