सबै जातजातीको विकासमा मेरो ध्यान केन्द्रित भएको छ ः अध्यक्ष वाईबा

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १५ फाल्गुन । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले पालिकामा बसोबास गर्ने सबै जातजातिको विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभएको छ ।

आज माझी उत्थान संघ हरिहरपुरगढी गाउँपालिकाले माझीहरुको मुख्य पर्व लदी(कोशी) पुजाको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष वाईबाले यस्तो बताउनुभयो भएको हो ।

उहाँले हरिहरपुरगढी गाउँपालिकाको बहुसङ्ख्यक बसोबास रहेको तामाङ देखि राई,मगर, माझी, दलित, ब्राह्मण क्षेत्री लगाएत सबै जातजातिको समान विकासमा गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट केन्द्रित गर्ने बताउनुभयो ।

उहाँले स्थानिय सरकारले मात्रै सबै जातजातीको भेषभुषा, धर्म सँस्कृतिको संरक्षण गर्न नसक्ने भएकाले आफ्नो जातीको संरक्षण गर्नुपर्ने कुरा र त्यसका लागि गर्नु पर्ने काम सहितको सबै योजना गाउँपालिकामा पेश गर्न सबै जातजातीका अग्रजहरुलाई आग्रह समेत गर्नुभयो ।

हरिहपुरगढी गाउँपालिकाका माझी समुदायले आज कोसी पुजा मनाएका छन् ।

पुजाको अवसरमा हरिहपुरगढी गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्