हरिहरपुरगढी गाउँपालिका स्तरीय तेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली,२८ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्तरीय तेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू भएकाे छ ।

माध्यमिक विद्यालय महेन्द्रझ्याडीले आयोजना गरेकाे आज एक कार्यक्रमका बिच हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले प्रतियोगिताकाे उद्घाटन गर्नुभएकाे हाे ।

प्रतियोगितामा हरिहरपुरगढी गाउँपालिकाकाे ८ वटा माध्यमिक तहका विद्यालयका छात्र,छात्रा गरी ५ सय खेलाडी विद्यार्थीहरूकाे सहभागीता रहेकाे छ ।

छात्र,छात्रा भलिबल, कबड्डी, दाैड एक सय देखि ३ हजार मिटर, एथलेटिक्सका खेल लगाएतका खेलमा प्रतिस्पर्धा हुने आयाेजक विद्यालयले जनाएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले खेलकुदले विद्यार्थीलाई पढाइसगै अनुशासन सिकाउने बताउनुभयो ।

उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रकाे सुधारका लागि गरेकाे लगानीकाे फाइदा लिन सबै शिक्षक, अभिभावक, विद्यार्थी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्