सिन्धुलीका दुई विद्यालय प्रथम र द्धितीय हुदै राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, २ असोज । सिन्धुलीका दुई सामुदायिक विद्यालय राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत भएका छन् ।

देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय मध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भै दुधौली नगरपालिका – ११ मा रहेको कमला माध्यमिक विद्यालय, मैनी र कमलामाई नगरपालिका ४ मा रहेको कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास द्धितीय भै पुरस्कृत भएका हुन् ।

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा प्रथम र द्धितीय भएका दुवै सामुदायिक विद्यालयलाई नगद सहित पुरस्कृत गरेको छ ।

देशभरका सार्वजनिक विद्यालयहरुमा प्रथम भएको कमला माध्यमिक विद्यालय मैनीले राष्ट्रिय शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

द्धितीय भएको कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवासले राष्ट्रिय सिल्ड, ध्वजा र दुई लाख नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको कमलामाई नगरपालिकाका मेयर एवं कमला माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोखरेलले जानकारी दिनभुयो ।

देशभरका सार्वजनिक(सामुदायिक) विद्यालयमध्येबाट सल्यानको रुमाल गाउँको नारायण माध्यमिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा र एक लाख नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

दिवसको अवसरमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले पुरस्कार वितरण गर्नुभएको कमलामाई नगरपालिकाका मेयर पोखरेलले बताउनुभयो ।

‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।

पुरस्कार ग्रहण गर्नका लागि कमलामाई नगरपालिकाका मेयर पोखरेल, दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी र सम्बन्धित विद्यालयका प्रधानाध्यापक कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्