नेपाल कम्यूनिष्ट पार्टी एमाले सिन्धुलीको ८ औँ जिल्ला अधिवेशन आज उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २८ चैत
नेपाल कम्यूनिष्ट पार्टी एमाले सिन्धुलीको ८ औँ जिल्ला अधिवेशन कमलामाई पार्टी प्यालेसमा आज उद्घाटन गरिएको छ । नेकपा एमाले महासचिव शंकर पोखरेलले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको हो । आज उद्घाटन भएको अधिवेशान भोली सम्म चल्ने छ । नेकपा एमालेको नयाँ नेतृत्वको लागि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिने र सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचन प्रक्रिया बाट अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव शंकर पोखरेलले सिन्धुलीमा नेकपा एमाले सफल हुनका लागि वामपन्थि आन्दोलनलाई एमालेको नेतृत्वमा केन्द्रित रहन जरुरी रहेको बताउनुभयो । मुलुकमा भएका जे जति समस्याहरु रहेका छन, त्यो समस्याको जड राजनीतिक अस्थिरका रहेको उहाँको भनाई छ । यस्तैै एमाले सिन्धुलीका ईन्चार्ज खेम लोहनीले नेकपा एमालेको इतिहासमा महत्वपूर्ण उत्सव अधिवेशन भएको बतानुहुदै यो अधिवेशन हर्ष, एकताका साथ सफलता पूर्वक सम्पन्न गर्ने बताउनुभयो । नेकपा एमाले राष्ट्र निर्माण गर्ने पार्टी भएकाले नेपाली नागरिको एमाले पार्टीमा विश्वास रहेको उहाँको भनाई छ ।

जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत भुगोलबाट ५ सय १४, जनवर्गीय संगठनहरुबाट ७६, जिल्ला कमिटि सदस्य १ सय ३०, सल्लाहकार २५ र मनोनित ३९ गरी कुल ७ सय ८४ जना प्रतिनिधि सहभागी छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?