सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीले घोषणा गरेको दमकल सिन्धुली आईपुग्यो ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २६ चैत । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीले घोषणा गरेको दमकल खरिद गरेर ल्याएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघले २०७९ मा आयोजना गरेको महोत्सवबाट उठेको आम्दानीले आधुनिक दमकल खरिद गर्ने उदेश्य लिएको थियो ।

दमकल ल्याउने ठेक्का लिएको कम्पनीले इन्जिनियर सहित दमकल आज विहान सिन्धुली ल्याई पुर्याएको उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।

महोत्सव आयोजना गर्दा राखिएको उदेश्य अनुसार जिल्लाका स्थानिय तहहरुसँग साझेदारी गरी करिब ८५ लाखमा दमकल खरिद गरि ल्याईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

ईन्जिनियर सहितको टोलीले चालक लगाएतका टोलीलाई केहि दिन दमकलको उपयोगका बारेमा तालिम दिएपछि मात्रै कमलामाई नगरपालिकालाई दमकल हस्तान्तरण गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?