सिन्धुलीका १ सय जना भन्दाबढी मोतियाविन्दु भएका विरामीको निःशुल्क आखाँको शल्यक्रिया

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १३ फाल्गुन । सिन्धुलीका १ सय जना भन्दाबढी मोतियाविन्दु भएका विरामीको निःशुल्क आखाँको शल्यक्रिया गरिएको छ ।

नेपाल रेडक्रश सोसाईटी सिन्धुली शाखाको आयोजना र कमलामाई नगरपालीका, तिलगंगा आँखा प्रतिष्ठान,जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा दुई दिन भएको शिविरमा जिल्लाका १ सय ९ जना मोतियाविन्दु भएका विरामीको आखाँको निःशुल्क शल्यक्रिया गरिएको हो ।

आखाँको शल्यक्रिया गरिएका विरामीहरुलाई चश्मा र औषधी निःशुल्क वितरण गरिएको नेपाल रेडक्रश सोसाईटी सिन्धुली शाखाका सभापती अशोक श्रेष्ठले बताउनुभयो ।

आखाको शल्यक्रिया पछि वृद्धवृद्धाहरु खुसी भएका छन् ।

नेपाल रेडक्रश सोसाईटी सिन्धुली शाखाले नियमित रुपमा मोतियाविन्दु भएका विरामीको निःशुल्क आखाँको शल्यक्रिया गर्दैआएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्