विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्न सिन्धुलीका शिक्षकहरु संगठित हुदै

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, ३ माघ । विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्न सिन्धुलीका शिक्षकहरु संगठित हुन थालेका छन् ।

विज्ञान बिषयसँग सम्बन्धित आ–आफ्नो ज्ञान सीप एकअर्कामा आदानप्रदान गर्ने उदेश्य लिएर जिल्लाका आधारभुत तह देखि माध्यमिक तहसम्म विज्ञान बिषय पढाउने शिक्षकहरु संगठित हुन थालेका हुन् ।

विज्ञान शिक्षक समाज –क्त्ब्ल्) बामगती प्रदेश सदस्य एवं सिन्धुली जिल्लाका संयोजक रामेश्वार दाहाल अहिले सिन्धुलीका विज्ञान बिषय पढाउने शिक्षकहरु संगठित गर्ने कार्यमा सक्रिय रुपमा लाग्नुभएको छ ।

विज्ञान विषयको शिक्षण प्रभावकारी र प्रयोगात्मक बनाई विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य सहित जिल्लाका नौ स्थानिय तह मध्ये अहिले सम्म तीन वटा पालिकाहरुमा विज्ञान शिक्षक समाज गठन भईसकेको संयोजक दाहालले बताउनुभयो ।

हाल सम्म कमलामाई नगरपालिका, मरिण र हरिहरपुरगढी गाउँपालिकामा विज्ञान शिक्षक समाजको पहिलो सम्मेलन गरी समिति गठन गरिएको संयोजक दाहालले जानकारी दिनुभयो ।

सागर तिमल्सिनाको अध्यक्षतामा कमलामाई नगरसमिति, पूर्ण बहादुर ओलाीको अध्यक्षतामा मरिण गाउँपालिका समिति र खेम विश्वकर्माको अध्यक्षतामा हरिहरपुरगढी गाउँपालिका विज्ञान शिक्षक समाज समिति गठन भएको संयोजक दाहालले बताउनुभयो ।

आगामी माघ १५ गते सम्म जिल्लाका अरु पालिकाहरुमा पनि विज्ञान शिक्षक समाजको गठन गरी सकेर त्यस पछि जिल्ला सम्मेलन गर्ने तयारी भईरहेको संयोजक दाहालको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?