दलित पुजारीबाट पुजापाठ गराएर मरिणको सिथौली र छतिवन जोड्ने झोलुङ्गे पुल शिलान्यास

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १५ पुष । मरिण गाउँपालिका वडा नं. २ को मुङ्ग्रेखोलामा सिथौली र छतिवन जोड्ने झोलुङ्गे पुल बन्न सुरु भएको छ ।

मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले शिलान्यास गरेसँगै छतिवन झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको हो ।

स्थानिय दलित अगुवा पुजारी चन्द्र बहादुर विकले पुजापाठ गरेर झोलुङ्गे पुलको शिलान्यास गरिएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।

विगतमा तामाङ, बाहुन क्षेत्री समुदायका पुजारीलाई पुजापाठ गर्न लगाएर शिलान्यास गर्ने गरिएको थियो । जातिय छुवाछुत अन्त्यका लागि साना साना कुरामा सुधार गर्नुपर्ने भन्दै दलित समुदायका पुजारीबाट पुजापाठ गरेर झोलुङ्गे पुल शिलान्यास गरिएको अध्यक्ष मुक्तानको भनाई छ ।

कुल ४८ लाख ४८ हजार ४१ रुपैयाँ लागतमा झोलुङ्गे पुल निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

जसमध्ये गाउँपालिकाको ६ लाख ४३ हजार ३७५, संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ४२ लाख ६ हजार ६८५ र समुदायको श्रमदान ९८ हजार ९८० रुपैयाँ लागत रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?