सिआइबीले बुझायो ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन

सिन्धुली प्रेस
  • ख-
  • ख+

ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझायो / मिसिल अध्ययनपछि अभियोजन कार्य अघि बढ्ने जिल्ला न्यायाधिवक्ता महेश खत्रीको भनाई ।।

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिनुभयो । उहाँले मिसिल अध्ययन भएपछि अभियोजन कार्य अघि बढ्ने समेत जानकारी दिनुभयो ।

सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको थियो । जसमा सिआइबीले २ सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?