अखिल क्रान्तिकारी मरिण कपको उपाधी धमिले युवा क्लवले जित्यो

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २ कार्तिक । सिन्धुलीको मरिणमा जारी अखिल क्रान्तिकारी मरिण कप फुटबल प्रतियोगिताको उपाधी मरिण गाउँपालिका ६ को धमिले युवा क्लवले जितेको छ ।

नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) मरिण कमिटिद्धारा आयोजित प्रतियोगिताको आज भएको फाईनल खेलमा धमिले युवा क्लवले वाइसियल नेपाल जिल्ला कमिटि सिन्धुलीलाई पराजित गर्दै उपाधी जितेको हो ।

प्रतियोगितामा धमिले युवा क्लवले ३–० गोलअन्तरले वाइसियल नेपाल जिल्ला कमिटि सिन्धुलीलाई पराजित गरेको हो ।

जितसँगै धमिले युवा क्लवले एक लाख ११ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाण पत्र पाएको छ ।

प्रतियोगितामा उपविजेता भएको वाइसियल नेपाल जिल्ला कमिटि सिन्धुलीले ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाण पत्र पाएको छ ।

प्रतियोगिताका विजेता टिमलाई माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजीमान थिङ, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको छ ।

माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्