अरमान मलिकले गरे आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट

सिन्धुली प्रेस
  • ख-
  • ख+

एजेन्सी – बलिउडका उत्कृष्ट गायकमध्ये एक हुन् अरमान मलिक । उनले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् ।

यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । ‘जब तक’ गीतका गायक निकै लामो समयदेखि आशना श्राफसँग सम्बन्धमा थिए ।

अरमानले इन्स्टाग्राममा तीनवटा तस्बिर साझा गरेका छन् । पहिलो फोटोमा गायक घुँडा टेकेर आफ्नी प्रेमिकालाई औँठी लगाइरहेको देखिएका छन् ।

यस्तै दोस्रो फोटोमा उनीहरू एक अर्कालाई अँगालो हालेर खुसी व्यक्त गरिरहेको देख्न सकिन्छ । यी दुईको फोटो सार्वजनिक भएपछि यिनीहरूलाई बधाईको ओइरो लागेको छ ।

आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन् । सोसल मिडियामा उनका ९.७५ लाख फलोअर्स छन् । उनले ब्युटी र फेसनसँग सम्बन्धित ब्लग बनाउने गर्छिन् । आशना अरमानभन्दा दुई वर्ष जेठी छिन् । हालै उनले ४ अगस्टमा आफ्नो ३० औँ जन्मदिन मनाएकी थिइन् ।

अरमान मलिक सङ्गीत रचनाकार दब्बु मलिकका छोरा हुन् । उनका दाइ अमाल मलिक पनि सङ्गीत रचनाकार नै हुन् । अरमान मलिक र अमाल मलिकले सँगै थुप्रै गीत गाएका छन् ।

स्रोत : एनआई

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?