अक्षय कुमारले पाए भारतीय नागरिकता

सिन्धुली प्रेस
  • ख-
  • ख+

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।

क्यानडाको नागरिकताका कारण पटकपटक ट्रोल हुने गरेका उनले दोस्रोपटक भारतको नागरिकता लिएका हुन्।

उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।

अक्षय कुमारले नागरिकताको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’

‘क्यानडा कुमार’ भनेर अक्षयलाई सामाजिक सञ्जालमा ट्रोल गरिन्थ्यो। त्यसैले उनी लामो समयदेखि भारतको नागरिकता पाउने प्रयासमा थिए। सन् २०१९ मा उनले भारतको नागरिकताका लागि आवेदन दिएका थिए।

क्यानडाको नागरिक बन्नुअघि अक्षयसँग भारतीय नागरिकता नै थियो। तर एकपछि अर्को गर्दै १४-१५ फिल्म असफल हुँदा निराश उनले क्यानडा जाने र त्यही काम गर्ने सोचले त्यहाँको नागरिकता लिएका थिए। तर पछि बलिउडमै नाम चम्कियो।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका छन्। हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए। बीबीसी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?