सिन्धुली, २० भदौ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज नेकपा (माओवादी केन्द्र) का नेता माथि दुव्र्यवहार तथा हातपात भएको छ ।
नेकपा (माओवादी केन्द्र) हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष काजीमान भोलनलाई सोही वडाको शिखरका सुमन रुम्बा र इश्वर रुम्बाले हातपात तथा दुव्र्यवहार गरेका हुन् ।
विना कारण अध्यक्ष भोलन माथि दुई जनाले अंगभंग गर्ने नियतले हातपात तथा दुव्र्यवहार गरेको भन्दै नेकपा (माओवादी केन्द्र) हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ कमिटिले कार्वाहीको माग गरेको छ ।
कमिटिका उपाध्यक्ष जनक बहादुर भोलनले एक प्रेस व्यक्ति निकालेर पार्टीका अध्यक्षलाई विना कारण आक्रमण गरी अपराधिक क्रियाकलाप गर्नेहरुलाई कार्वाही गर्न माग गरेका हुन् ।
‘बिना कुनै कारण अंगभंग सम्म गर्ने नियतले आक्रमण गर्नुका साथै रासायनिक एसिडजन्य पेट्रोलियम पदार्थको बोत्तलले प्रहार गर्ने पेट्रोलले डाम्ने, दल्ने, छपाप्ने खन्याउने जस्ता अपराधिक कार्य गरेकाले निजहरुको उक्त निन्दनीय कार्यको हाम्रो पार्टी नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिका १ नं. वडा कार्यसमिति घोर भर्त्सना गर्दछौ’ विज्ञप्तीमा उल्लेख छ ।