विषालु च्याउ खादा एकै घरका पाँच जना बिरामी

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीमा आज बिषालु च्याउ खाएर पाचँ जना बिरामी भएका छन् । सिन्धुलीको तिनपाटन गाउँपालिका ४ विस्टारमा आज बिहान बिषालु जङ्गली च्याउ पकाएर खाँदा एकै घरका पाँच जना बिरामी भएका हुन् ।

विषालु च्याउ खाँदा ६७ बर्षका केशर बहादुर भुजेल, ५३ बर्षका पूर्ण माया भुजेल, ३८ वर्षका घनश्याम भुजेल, २१ वर्षका किरण भुजेल र २० वर्षकी नानीमाया समाल बिरामी भएका जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो । बिरामीको अवस्था मध्यम रहेको छ ।

बिरामीको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा उपचार भईरहेको छ ।घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्