पक्की पुलको फर्मा पल्टिदा चार जना घाईते

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २२ जेठ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ को क्यानखोला क्वाटरमा निर्माण भईरहेको गाडी चल्ने पक्की पुलको फर्मा भाच्चिएर पल्टिदा आज चार जना मजदुर घाईते भएका छन् ।

घाईते हुनेमा पुल निर्माणमा काम गरी रहेका पर्सा बहुदमाही नगरपालिका ५ का ३३ बर्षिया मनोज महत्तो, ४५ बर्षिया विनोद महत्तो, अलमदेव महत्तो र हरिहरपुरगढी गाउँपालिका ७ का ५० बर्षिया मदन घलान रहेका छन् ।

घाईतेहरुलाई उपचारको लागि विरगन्जको नारायणी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाईतेहरुको उपचारका लागि पुल निर्माणको ठेक्का लिएको निर्माण कम्पनीसँग समन्वय भईरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्