सिन्धुली, १९ भदौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) सिन्धुलीको २१ औँ जिल्ला सम्मेलन सुरु भएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुलीका अध्यक्ष विजय खड्काको अध्यक्षता तथा संगठनका केन्दीय बरिष्ठ उपाध्यक्ष तुकमान मोहराको प्रमुख आतिथ्यतामा सिन्धुलीमाढीमा सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) माओवादी केन्द्र सिन्धुली जिल्ला ईन्चार्ज बुद्धिमान माझी (बसन्त) केन्द्रिय सदस्य दिर्घनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटिका सहसचिव प्रकास श्रेष्ठ, जिल्ला संयोजक पानीराज बम्जन, बागमती प्रदेश कमिटिका विभिन्न नेताहरु लगाएतको उपस्थिती रहेको छ ।
सम्मेलनले अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुलीको नयाँ नेतृत्व चयन गर्ने छ । संगठनको नयाँ अध्यक्ष बन्नका लागि अहिले सम्म दुई जना आकाँक्षी देखिएका छन् ।
संगठनको नेतृत्व लिनका लागि मरिण गाउँपालिका २ का विद्यार्थी नेता सुमन राना र गोलन्जोर गाउँपालिका ६ का धन बहादुर श्रेष्ठ (सुवासं) ले उम्मेदवारी घोषणा गरेका छन् ।
सम्मेलनमा सकभर सहमतीबाट नै नेतृत्व चयन हुने संगठनले जनाएको छ । सहमतीमा नभए जिल्लाका नौ पालिका र विभिन्न कमिटिबाट आएका ४४६ जना प्रतिनिधिहरुले भोट हालेर नेतृत्व चयन गर्ने बताईएको छ ।