
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ हाकपारामा घर घरमा खानेपानीको धारा बनेपछि स्थानिय हर्षित भएका छन् । एक घर एक धारा अभियान अन्तर्गत हाकपाराका १ सय ६७ घरधुरीमा खानेपानी धारा बनेको हो ।
खानेपानी आयोजनाको आज एक कार्यक्रमका बिच हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले उद्घाटन गरेर सबै उपभोक्ताको घरधुरीमा खानेपानी पुगेको छ । कुल १ करोड २३ लाख लागतमा लिफ्ट प्रविधिमा मरिण खोलाको पानी डाडाँमा पुर्याएर ट्याङकी मार्फत गाउँमा खानेपानी वितरण गरिएको हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष कमल कुमार राईले जानकारी दिनुभयो ।