हरिहरपुरगढी ५ मा रहेको बालकल्याण प्राविको नवनिर्मित भवन उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ४ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ धनमनाडाँडामा रहेको बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

आज मंगलवार आयोजित एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले विद्यालय भवनको उद्घाटन गनर््ुृभएको हो । कुल ३५ लाख ६८ हजार ५७ रुपैयाँ लागतमा कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ठेक्का लिएर भवन निर्माण गरेको हो ।

२०८० मंसिर २२ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले २०८१ जेठ ३० गते निर्माण सम्पन्न गरेको छ । एक तलाको चार कोठे भवन निर्माण भएपछि विद्यालयको पठनपाठन गर्न सहज भएको छ ।

नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट बालबालिकाहरुलाई राम्रो शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । हरिहरपुरगढी गाउँपालिकाका अन्य भवन निर्माण गर्नको लागि यो बर्ष पनि ४ करोड बजेट विनियोजन भएको बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले यो बर्ष ७ वटा विद्यालयहरुको भवन निर्माण हुने बताउदै ६ वटा भवनको ठेक्का प्रक्रियाको काम सकिएको बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,वडा नं ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कमल कुमार राई, वडा नं ५ का वडा अध्यक्ष साईला लामा, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई लगायत कार्यपालिका सदस्यहरु, बिद्यालय शिक्षक शिक्षिकाहरु, शाखागत कर्मचारी, पार्टी प्रतिनिधि ,पत्रकार,स्थानिय बुद्दिजिविहरुको उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्