हरिहरपुरगढी गाउँपालिकामा यो बर्ष ७ वटा विद्यालयमा पक्की भवन बन्दै

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ५ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा यो बर्ष सात वटा विद्यालयहरुमा भवन बन्ने भएको छ ।

आर्थिक बर्ष २०८१÷०८२ को संघीय सरकारको ससर्त ३ करोड ८० लाख बजेटले पालिकाको ६ वटा विद्यालयमा यो बर्ष भवन निर्माण हुने हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिनुभयो । व

डा नम्बर १ का तीन वटा कालिका प्रावि कोक्टी, जनज्योति प्रावि चिसापानी, जीवनज्योति प्रावि जितपुर डाँडा, वडा नम्बर ५ को जनप्रगती प्रावि बसेर, वडा नम्बर ७ को जनकल्याण प्रावि सानोधुम्बे, सरस्वाती शिसुपाल प्रावि जमुने, वडा नम्बर ३ को कुशेश्वर प्रावि कुसदमारमा नयाँ पक्की भवन निर्माण हुने अध्यक्ष वाईबाले बताउनुभयो ।

सात वटै भवन निर्माणको लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको बताउदै छिट्टै शिलान्यास गरेर भवन निर्माण कार्य सुरु गर्ने तयारी रहेको अध्यक्ष वाईबाको भनाई छ ।

‘मेरो र माननीय राजन दाहालको निक्कै प्रयासमा यो बर्ष ७ वटा विद्यालयमा पक्की भवन बन्ने भएको छ । यो हाम्रो कार्यकालको अहिले सम्मको ठुलै उपलब्धी हो’ अध्यक्ष वाईबाले भन्नुभयो ।

सोमवार ((अस्ती) ३५ लाख ६८ हजार ५७ रुपैयाँ लागतमा वडा नम्बर १ गुर्जिडाँडामा रहेको सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवन र कुल ३५ लाख ६८ हजार ५७ रुपैयाँ लागतमा निर्माण भएको वडा नम्बर ५ धनमनाडाँडामा रहेको बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित भवन मंगलवार (हिजो) उद्घाटन भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्