सिन्धुली, २८ पुष । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज मगरहरूको राष्ट्रिय पर्व माघे संक्रान्तीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर संघ हरिहरपुरगढी गाउँपालिका समितिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा माघे संक्रान्तीको शुभकामना दिदै नेपाल मगर संघ बागमती प्रदेश समितिका बरिष्ट उपाध्यक्ष होम बहादुर राना मगरले राजनितिक आस्थाका आधारमा मगर मगर बिच विभाजन हुन नहुने बताउनुभयो ।
कार्यक्रममा बाल्दै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले मगर समुदायको भाषा, भेषभुषा, कला, संस्कृत संरक्षणका लागि पालिकाले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले गाउँपालिकाले सबै जातजातिहरूलाई समान दृष्टिले हेर्ने भन्दै आफ्नो भाषा,धर्म, संस्कृतिको संरक्षणको लागि जागरूक हुन आग्रह पनि गर्नुभयो ।
कार्यक्रम जनजाति महासंघ बागमती प्रदेश समितिका संयोजक काजिमा थिङ राष्ट्रिय भुमि आयोग सिन्धुलीका अध्यक्ष बावुराम राई, नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका ईन्चार्ज पदम कुमार अस्थानी मगर, अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष अनिता राई, राई उत्थान समाज हरिहरपुरगढीका अगुवा ज्ञान बहादुर राई, लगाएतले माघे संक्रान्तीको शुभकामना दिनुभएको छ । कार्यक्रम हास्यव्यङ्ग्य कलाकार खड्गबहादुर पुन,अनिल राई र स्थानीय मगर कलाकारहरूले नृत्य लगाएतका विभिन्न साँस्कृतिक कलाहरू देखाएका छन्