हरिहरपुरगढी र हरिवनले आफ्नो क्षेत्रभित्र पर्ने विभिन्न सडकहरु आफैले निर्माण गर्ने सम्झौता

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २८ पुष । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विभिन्न सडकहरु आफैले निर्माण गर्ने सम्झौता गरेका छन् ।

आज हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले दुवै पक्षबाट आफ्नो पालिकाभित्र पर्ने सडक आफैं निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

हरिहरपुरगढी गाउँपालिकाका स्थानियहरुको मुख्य बजार हरिवन नगरपालिका पर्दछ । हरिवन सम्म पुग्ने सडक राम्रो नहुदाँ कष्टकर यात्रा गर्न हरिहरपुरगढी गाउँपालिका बासीहरु बाध्यछन् ।

यही बाध्यतालाई मध्यनजर राखेर आफ्नो क्षेत्र भित्र पर्ने सडक मुख्य प्राथमिकता दिएर आफैले निर्माण गर्ने दुई पालिकाले सम्झौता गरेका हुन् । हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की र हरिहरपुरगढी गाउँपालिकाका योजना शाखा प्रमुख राजुकुमार उप्रेतीको रोहवरमा सम्झौता भएको हो ।

यस सम्झौता बमोजिम केराबारी, रानीचुरी, रागेदोबान सडक खण्ड, हरिवन, क्यानेश्वर सडक खण्ड, भित्रीगाछी, धुम्बे भुताहा, बरुण सडक खण्ड र अत्रौली केवनचुली भुताहा सडक खण्ड निर्माण हुनेछ ।

साथै दुई पालिकाका जनप्रतिनिधिहरुले निर्माण हुने सडकको अनुगमन समेत गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?