
सिन्धुली, १७ फाल्गुन । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
आज आयोजित एक समारोहका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

फाल्गुन २३ गते सम्म चल्ने खेलकुद प्रतियोगितामा हरिहरपुरगढी गाउँपालिकाको आठ वटै वडाबाट महिला पुरुषको एक÷एक गरी १८ वटा समुहले सहभागिता जनाएका छन् ।
पुरुष फुटबल प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ नगद, शिल्ड,मेडल, प्रमाणपत्र, उपविजेताले १ लाख रुपैयाँ नगद, शिल्ड,मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने हरिहरपुरगढी खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बहादुर राईले बताउनुभयो ।

त्यस्तै महिला फुटबल तर्फ विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ नगद, शिल्ड,मेडल, प्रमाणपत्र पुरस्कार हात पार्ने छ ।
उद्घाटन कार्यक्रममा हरिहपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल, आठ वटै वडाका वडाअध्यक्ष लगाएतको उपस्थिती रहेको छ ।