कविराज वाईबा
फागुन १७ गते शनिबार ।
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं १ बसेरीमा शनिबार अपराह्न परेको चट्याङ लागेर ३ जना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । हावाहुरी, वर्षासँगै आएको चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका वडा नं १ बसेरीका ५२ वर्षिया सुकुमाया मोक्तान गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मोक्तानको मकवानपुरमा उपचार भईरहेको छ । चट्याङ लागेर सोही ठाउँमा बसोबास गर्ने ६४ वर्षिया महन्त रुम्बा र २६ वर्षिया फुलमाया रुम्बा पनि सामान्य घाईते भएका छन् । उहाँहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।