सिन्धुली, २९ पुष । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका किसानहरुले उत्पादन गरेका रैथाने कृषि उपजहरु काठमाडौंको बजारमा सम्म पुर्याइएको छ ।
किसानहरुले उत्पादन गरेका घ्यु, खुवा, पेडा, मह, तामा, स्कुस, पिडालु, लगायतको कृषि उपजहरु काठमाडौंको दरवार मार्गको रैथाने हाटबजारमा विक्री वितरण भइरहेको छ ।
स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने उदेश्यले गाउँपालिकै पहलमा किसानले उत्पादन गरेको कृषि उपजहरु दरवार मार्गको रैथाने बजारमा विक्रीको लागि राखिएको हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो ।
गाउँपालिकाले गएको केही बर्ष यता देखि किसानहरुलाई विउ,विजन लगाएतको आवश्यक सहयोग गरिरहेको छ । गाउँपालिकाले दिएको विउ विजनबाट किसानले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणको लागि गाउँपालिकाले राष्ट्रिय बजार सम्म पुर्याएर किसानलाई सहयोग गरेको अधिकृत प्याकुरेलको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल, बजार अधिकृत श्री दौर्ण प्रसाद पौडेल, सव ईन्जिनियर एक वहादुर कोईराला लगायतको टोलीले कृषि उपजहरुको बजारीकरणको दरवार मार्गको हाटबजारमै पुगेका छन् ।