स्ववियु निर्वाचन : मरिण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल दोब्बर मतले विजयी

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ५ चैत ।

मरिण बहुमुखी क्याम्सपमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु मा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

आज भएको स्ववियु निर्वाचनमा अनेरास्ववीयु र नेपाल विद्यार्थी संघको संयुक्त गठबन्धनबाट उम्मेदवारी दिएका अनेरास्ववीयुका दिपेश मैनालीलाई दोब्बर मतले पराजित गर्दै अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार विशेष राइको प्यानल विजयी भएको हो ।

अध्यक्ष विशेष राईलाई १ सय १० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी दिपेश मैनालीले आधा ५५ मत मात्रै प्राप्त गरेका छन् । निर्वाचनबाट मरिण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकै तर्फबाट सचिवमा डम्बर कुमारी मास्के, कोषाध्यक्षमा आईती माया तामाङ, सदस्यहरु तुलसा आले,रदिप बराईली र रुजिता माझीले बराबर १०८ मत ल्याएर विजयी भएका छन् ।

मरिण गाउँपालिका ७ को मरिण बहुमुखी क्याम्पसमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो । विहान ८ बजे देखि ४ बजे सम्म भएको मतदानमा कुल १ सय ८५ मतमा १ सय ६७ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?