स्थानीय तह र मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

कबिराज वाईबा

छाप, २२ जेठ ।

सिन्धुलीको मरिण गाउँपालिकामा स्थानिय तह र मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, हेटौडाको सहकार्य, स्वाधीन खबर पत्रिकाको समन्वय तथा मरिण गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।

मरिण गाउँपालिकाका उपाध्यक्ष विमल माझीको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका उपसचिव पवन कुमार भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाको हक, महिला अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, श्रम रोजगार तथा सामाजिक सुरक्षा, सामाजिक न्याय, खानेपानी तथा सरसफाई, लक्षित वर्गको संरक्षण सशक्तिकरण र विकासका बारेमा छलफल भएको थियो ।

त्यस्तै कार्यक्रममा कानुनी सुधार र न्याय प्रशासन, मानव अधिकार शिक्षा, सिफारिस तथा संयुक्त राष्ट्र सङ्घीय निकायका सिफरिस सुझाव कार्यान्वयन की हिरासत तथा कारागार सुधार, स्थानिय सरकारको भूमिका लगायत अन्य विभिन्न विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका मानव अधिकार अधिकृत रविना घिमिरे, वडा नं ४, ६ र ७ का वडाध्यक्षहरु लगाएतका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानियहरु लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्