सिन्धुली, ७ असोज । नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान चयन हुनुभएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको नवौं अधिवेशनबाट स्याङ्तानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्षमा सरस्वती लामा र फुर्वा लामा, सचिवमा रामबहादुर थिङ, सहसचिवमा विज्ञान दोर्जे बल, कोषाध्यक्षमा बाबुलाल ब्लोन चयन हुनुभएको छ । सदस्यहरुमा देबबहादुर गोले, शुभद्रा घलान, बिभलमान मोक्तान, सुनमाया तामाङ, बिमला तामाङ, रुपेश मोक्तान, मेघबहादुर तामाङ, धनबहादुर स्याङ्तान र बिष्णु स्याङतान लगायतको रहनु भएको आयोजकले जनाएको छ ।
बाँकी सदस्य पछि मनोनयन गरिने जनाइएको छ। शनिबारबाट सिन्धुलीमाढी तामाङ घेदुङका संघीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन उद्घाटन गरिएको थियो ।