सुनचाँदी व्यवसायीसघं सिन्धुलीले बृहत शान्तीपुर्ण विरोध ग¥यो

सिन्धुली प्रेस
  • ख-
  • ख+


कविराज वाईबा
सिन्धुली १७ गते असार
सुनचाँदी व्यवसायी सघं सिन्धुलीले आज बृहत शान्तीपुर्ण विरोध गरेको छ । सरकारले बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहनामा १३ प्रतिशत भ्याट खारेज हुनुपर्ने माग गर्दै सुनचाँदी व्यवसाय सघं सिन्धुलीले २ नम्बर बजार देखि लोकतान्त्रिक चोक सम्म बृहत शान्तीपुर्ण विरोध गरेका छन् ।


नेपाल सुनचाँदी व्यवसायी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा नेपाल हस्तकला महासंघले सयुक्त रूपमा विलासी कर र हिराको गहनाको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन ।
स्वरोजगार कला र सीपसँग जोडिएको पेशालाई प्रोत्साहान गर्नुको सट्टा कानुनले नगदको रुपमा मानेको सुनलाई विलासीको वस्तुको रुपमा कर लगाउदा सुनको मूल्य अझ बढन् गई उपभोक्ता देखि व्यवसायी मारमा पर्ने, वैदेशिक रोजगारिका लागि विदेशिनु पर्ने अवस्था सिर्जना हुने नेपाल सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र बिश्वकर्माले बताउनुभयो । उहाँले आफनो माग पुरा नभए सम्म सबै सुनचाँदी पसलहरु बन्द रहने र निरन्तर विरोदमा रहने समेत बताउनु भयो ।


घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाटनै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको उहाँले बताउनुभयो । सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा ४ हजार बढी तिर्नुपर्ने हुन्छ । यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुले बताएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर,सुनको भन्सार कायम गर, सुनचाँदी कारोबारमो लागि प्रष्ट नीति नियमावली निर्माण गर भन्दै ¥यालि नै सञ्चालन गरेको छ ।


अहिलेको वजेट भाषणबाट २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् । छिमेकि मुलुक भारतमा भन्दा नेपालमा भन्सार दर ४ प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै ६ प्रतिशत भन्सार दर बनाउन पनि ब्यवसायीहरूले माग गरेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्