सुनकोसीमा सरकारी कर्मचारी नेविसंघको उम्मेदवार, उजुरी परेपछि अखिल क्रान्तिकारी निर्विरोध विजयी

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ५ चैत ।

सिन्धुलीको सुनकोशी गाउँपालिका ३ मा रहेको सुनकोसी क्याम्पसमा सर्वसम्मत अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

नेपाल विद्यार्थी संघबाट सभापति पदमा उम्मेदवारी दिएका पृथ्वी विक्रम थापा सुनकोसी गाउँपालिकामा रोजगार सहायक पदमा कार्यरत रहेको उजुरी परेपछि अखिल क्रान्तिकारी निर्विरोध विजयी भएको हो ।

स्वविय अध्यक्षमा अखिल क्रान्तिकारीका कृष्ण भण्डारी, सचिवमा प्रमिला आछामी, कोषाध्यक्षमा प्रतिक्षा पुरी, सदस्यहरुमा अमृत गिरी, अनिसा विसुंके निर्वाचित भएका छन् ।

नेविसंघको तर्फबाट सभापतिमा मात्र उम्मेदवारी परेको थियो, भने अनेरास्ववियु कुनै पनि पदमा उम्मेदवार दिने हैसियतमा थिएन । उसले उम्मेदवार नै पाएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?