
बुद्ध नेपाली
सिन्धुली, बैशाख १० गते ।
सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकाले दोस्रो चौमासिक सम्म सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा नागरिकको सुझाव र गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिकाले आव २०८१÷८२ मा ६४ करोड १५ लाख २७ हजार ९ सय रुपैयाँ अनुमानित बजेट ल्याएको थियो । ुसुनकोशी गाउँपालिका एक नम्बर वडा अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला लगाएतको उपस्थितीमा भएको कार्यक्रममा गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । नागरिकहरुको प्रश्नको जवाफ जनप्रतिनिधिहरु र कर्मचारीहरुले दिएका थिए ।