सुनकोशी नदीमा बेवारीसे शव फेला

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २२ भदौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ बसेरी नजिक सुनकोशी नदीमा बेवारिसे शव फेला परेको छ ।

सुनकोशी नदीमा बिहीवार (हिजो) नाम थर वतन नखुलेको अन्दाजी ३०÷३५ वर्षको पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुनकोशी नदीमा पानीमा घोप्टो परी तैरिएको अवस्थामा शव रहेको भन्ने सुचना आएपछि ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरक्षकको टोली खटाई पानीबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कटुवालले जानकारी दिनुभयो ।

शव धेरै दिन भएर सडी गली सकेकाले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाउने लगाएतको काम सकेर शवको सदगत गरिएको प्रहरी निरिक्षक कटुवालले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?