
सिन्धुली –२२ जेठ
सुनकोशी गाउँपालिकाले तामाङ घेदुङ समाजलाई डम्फु र दलित समुदायलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ । मंगलबार सुनकोशी गाउँपालिका वडा नं। १ मा तामाङ घेदुङ समाजलाई २० वटा डम्फु हस्तान्तरण गरिएको छ।
यस अवसरमा गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल र उपाध्यक्ष कपिलकुमार कोइरालाको उपस्थिति रहेको थियो। यस कार्यले तामाङ समुदायको मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डम्फु तामाङ समुदायको महत्त्वपूर्ण बाजा हो र यसको हस्तान्तरणले स्थानीय कला र संगीतलाई थप टेवा र्पुयाउने विश्वास लिइएको छ। यसका साथै शुक्रबार दलित समुदायलाई पञ्चेबाजा हस्तान्तरण गरिएको छ ।
सुनकोशी गाउँपालिका वडा नम्बर ५ का दलित समुदायलाई पञ्चेबाजा हस्तान्तरण गरिएको हो । पञ्चेबाजा नेपाली संस्कृतिमा विशेषगरी विवाह, चाडपर्व र अन्य शुभकार्यमा प्रयोग गरिने महत्त्वपूर्ण बाजा हो। यसको हस्तान्तरणले दलित समुदायको सांस्कृतिक पहिचानलाई बलियो बनाउनुका साथै उनीहरूको परम्परागत कलालाई जीवन्त राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यी दुवै कार्यक्रमले सुनकोशी गाउँपालिकाले स्थानीय संस्कृति र समुदायको हितका लागि गरिरहेको प्रयासलाई उजागर गर्नुको साथै स्थानीय संस्कृति प्रवद्र्धन र समुदाय सशक्तीकरणमा जोड दिइएको छ ।
कार्यक्रममा सिन्धुली क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजन ,गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल र उपाध्यक्ष कपिलकुमार कोइराला लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।