सुनकोशी गाउँपालिकामा १५ शैय्याको अस्पताल बन्ने

सिन्धुली प्रेस
  • ख-
  • ख+

सुनकोशी गाउँपालिकामा १५ शैय्याको अस्पताल बन्ने

सिन्धुली,२८ भदौ ।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा १५ शैय्याको आधारभुत अस्पताल बन्ने भएको छ । स्वास्थ्य मन्त्रालयले भवन निर्माणको लागि बजेट सुनिश्चितता गरेपछि गाउँपालिकामा १५ शैय्याको आधारभुत अस्पताल बन्ने भएको हो । अर्थ मन्त्रालयले सुनकोशी सहित देशभरका ३ सय ९६ १५ शैय्याको आधारभुत अस्पताल बनाउन ५१ अर्ब ८४ करोड, ५५ लाख ८९ हजार रूपैयाँ बजेट सुनिश्चितता गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको झाँगाझोली रातमाता स्वास्थ्य चौकीलाई स्तरउन्नती गरि १५ शैय्याको आधारभुत अस्पताल बनाईने छ । स्वास्थ्य चौकीमा हाल रहेका भवनमा १५ शैय्याको आधारभुत अस्पताल संचालन गर्न अपर्याप्त भएपछि थप नयाँ भवन निर्माण गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल९राजन०, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष कपिल कुमार कोईरालाको पहलमा भवन निर्माणको लागि बजेट सुनिश्चित भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्