सिन्धली, २७ माघ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा श्रीमद तारतम सागर १०८ पाठ पारायण वाणी चर्चा तथा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
सुनकोशी गाउँपालिका ३ झाँगाझोली कालिमाटीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औँ बार्षिक उत्सवको अवसरमा मन्दिर पुनः निर्माण गर्ने उदेश्यले श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी मन्दिर कालीमाटीको आयोजनामा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुन थालेको हो ।
श्रीकृष्ण प्रणामी मन्दिर कालीमाटीले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर आगामी फाल्गुन ३ गते देखि ९ गते सम्म श्रीमद भागवत सप्ताह ज्ञान महायय हुने जनाएको छ ।
समाजका अग्रजहरुको त्याग, समर्पण र योजदानको कदर र वर्तमान युवा पुस्तामा अध्यात्म र धर्मको महत्व दर्शाउने, सर्वधर्म र समभावको सिद्धान्तलाई अंगिकार गर्दै विभेद रहित समाजको निर्माणमा टेवा पुर्याउने उदेश्यले महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै १०८ बर्ष पुरानो श्रीकृष्ण प्रणामी मन्दिरको भवन पुन निर्माण गरी अपाङ्ग मैत्री बनाउन, कार्यक्रमबाट बचेको दान दातव्यबाट मन्दिर सञ्चालनार्थ अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको बताईएको छ ।
फाल्गुन ३ गते १०८ कलश शोभा यात्रा तथा भुमि पुजन, फाल्गुन ब्रतबन्ध, गन्योचोली वितरण, ७ गते रक्तदान कार्यक्रम, आखाँ शिविर कार्यक्रम रहेको आयोजकले जनाएको छ ।