सुनकोशी गाउँपालिकाका किसानलाई मौरी सहित घार वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली

सिन्धुली, १२ बैशाख ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले आज किसानहरुलाई मौरीगोला सहितको घार निःशुल्क वितरण गरेको छ । गाउँपाकिाले सात वटै वडाका ३५ जना किसानहरलाई दुई वटाको दरले मौरीगोला सहितको घार निःशुल्क वितरण गरेको हो ।

चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार किसानहरुको जीविकोपार्जन सुधार गर्ने उदेश्यले मौरीगोला सहितको घार निःशुल्क वितरण गरिएको सुनकोशी गाउँपालिकाले जनाएको छ ।

मौरी सहितको घार पाएपछि किसानहरु मौरी पालनमा गर्न उत्साहित हुदै हर्षित भएका छन् । सात वटै वडा कार्यालयहरुले मौरी पालन गर्न इच्छुक किसानहरु छनोट गरी सिफारीस गरेकाहरुलाई मौरीगोला सहित घार वितरण गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।

आयआजर्न बढाउन किसानहरुलाई मौरी पालनमा उत्प्ररित गर्न मोरीगोला र घार वितरण गरिएको अध्यक्ष दाहालले बताउनुभयो । गाउँपालिकामा मौरी पालनको लागि उपयुक्त हावापानी रहेकाले किसानहरुलाई व्यवसायीक बनाउन आगामी बर्षहरुमा थप वितरण गरिने अध्यक्ष दाहालले बताउनुभयो ।

गाउँपालिकाले किसानहरलाई मौैरी पालन विकास केन्द्र भण्डारा, चितवनमा लागेर मौरी पालन सम्बन्धी पाँच दिनको तालिम समेत दिएको छ ।

मौरी पालनलाई व्यवसायीक बनाएर आयआर्जन गर्ने माध्यम बनाउन स्थानिय सरकारले किसानहरुलाई आवश्यक सहयोग सधै गर्ने सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्