सुनकोशीका किसानलाई कृषि सामाग्री र हाते ट्याक्टर वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १२ असार । सिन्धुलीको सुनकोशी गाउँपालिकाले आज किसानलाई कृषि सामाग्री र हाते ट्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले एक घर एक करेसा बारी कार्यक्रम अन्तरगत ७० जना कृषकहरुलाई कृषि सामाग्री र १८ जना कृषकहरुलाई मिनीटिलर हाते ट्याक्टर वितरण गरेको हो ।

एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले ७० जना किसानलाई तरकारीको बिउविजन, प्राङ्गारीक मल, गार्डेन पाईप, स्प्रिङ्केल, पहेँलो टासिने जाल, हजारी, पाँच सय लिटरको ट्याङ्की, कुटो लगाएतका कृषि सामान वितरण गर्नुभएको छ ।

किसानलाई करेसा बारीमा तरकारी खेती गर्न आकर्षित गर्ने उदेश्यले आवश्यक सामाग्री अनुदानमा दिईएको गाउँपालिकाले जनाएको छ ।

वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडाअध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्