सुनकाेशी गाउँपालिका –५ मुल्काेटमा हायस गाडी दुर्घटना हुदाँ ८ जना यात्रु घाइते

सिन्धुली प्रेस
  • ख-
  • ख+

विपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकाेशी गाउँपालिका –५ मुल्काेटमा हायस गाडी दुर्घटना हुदाँ ८ जना यात्रु घाइते भएका छन ।

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६३५६ नम्बरकाे हायस गाडी ब्रेक फेल भइ अनियन्त्रित हुदाँ सडककाे डिभाइडरमा ठोकिएर दुर्घटना भएकाे हाे ।

दुर्घटना ४ जना गम्भिर घाइते भएका छन भने ४ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयाे । घाइतेहरूकाे खाल्टेकाे आत्मीय सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?