सुनकाेशी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सांसद दाहालबाट उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २६ पुष । सिन्धुलीको सुनकाेशी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरू भएकाे छ ।

“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरू भएकाे प्रतियोगिताकाे प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले उद्घाटन गर्नुभएको हाे ।

प्रतियोगितामा सुनकाेशी गाउँपालिका भित्रका १० वटा मावि विद्यालयहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा छात्र,छात्रा भलिबल, कबड्डी, १ सय देखि ३ हजार मिटर दाैड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिङ थ्राे लगाएतका खेलहरू हुने सुनकाेशी गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा पहिलाे,दास्राे र तेस्रो हुने विद्यालयले ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

प्रतियोगिताकाे उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले खेलकुद क्षेत्रकाे विकास र खेलाडीको क्षमता बढाउन आवश्यक स्राेत साधन जुटाउन सक्दाे पहल गर्ने बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जन, सुनकाेशी गाउँपालिका अध्यक्ष दिपा बाहाेरा दाहाल, उपाध्यक्ष कपिल कुमार काेईराला, माओवादी केन्द्र सुनकाेशी गाउँकमिटीका ईन्चार्ज भेषराज दाहाल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, सात वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, विद्यार्थी र शिक्षकहरूकाे उपस्थिति रहेकाे थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्